काठमाडाैं । नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकाे भारतकाे भ्रमणले सिंगाे देश तरंगित बनेकाे बताउनुभएकाे छ ।
साेमबार प्रतिनिधि सभा बैठकमा समय लिएर बाेल्दै एमाले अध्यक्ष ओलीले प्रधानमन्त्रीकाे भ्रमणले देश उत्साही र खुशी हुनुपर्ने ठाउँमा तरंगित बनेकाे बताउनुभयाे । उहाँले भन्नुभयाे - 'प्रधामन्त्रीज्यूकाे भारत भ्रमणले देशलाई तरंगित बनाएकाे छ, एउटा अविश्वास र आशंकाकाे स्थिति बनेकाे छ, याे खासमा सम्माननिय प्रधानमन्त्रीकाे अभिव्यक्तिले हाे ।'
यसकाे भिडियाे रेकर्ड नै रहेकाे अध्यक्ष ओलीले बताउनुभयाे ।
बंगलादेश जाने बाटाे या पारवहनकाे विषय कुनै सट्टापट्टाकाे विषय नभएर नेपालकाे अधिकारकाे विषय भएकाे बताउनुभयाे । याे पहिले नै टुंगिइसकेकाे समेत अध्यक्ष ओलीले स्पष्ट पार्नुभयाे ।
