काठमाडाैं । प्रतिनिधि सभामा आर्थिक वर्ष २०८०-८१ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) माथिको छलफल सुरु भएकाे छ ।
प्रतिनिधि सभामा साेमबारदेखि बजेटमाथि छलफल सुरु भएकाे हाे । साेमबार बसेकाे प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले वक्तव्यसहित आव २०८०-८१ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभएकाे थियाे ।
त्यसपछि त्यसमाथि सांसद्हरुले आफ्नाे विचार राखिरहेका छन् । पहिलाे दिन आज नेपाली कांग्रेसका सांसद् ज्ञानेन्द्रबहादुर कार्की, नेकपा एमालेका ठाकुर गैर, माओवादी केन्द्र देवेन्द्र पाैडेल लगायतले आफ्नाे विचार राख्नुभएकाे छ ।
मन्त्री महतले यही जेठ १५ गते संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८०-८१ बजेट प्रस्तुत गर्नुभएकाे थियाे ।
