काठमाडाैं । प्रतिनिधि सभा बैठकमा आजपनि आर्थिक वर्ष २०८०-८१ काे बजेटमाथि छलफल जारी रहनेछ ।
बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा बजेटमाथि धारणा राख्नेछन् । प्रतिनिधि सभामा साेमबारदेखि बजेटमाथि छलफल सुरु भएकाे हाे ।
त्यसअघि साेमबार बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्बाेधन गर्नुभएकाे थियाे । भारत भ्रमणमा दिएकाे अभिव्यक्ति र नागरिकता विधेयक प्रमाणीकरणकाे विषयमा प्रमुख प्रतिपक्षी नेकपा एमालेसहितका दलले प्रश्न उठाएपछि प्रधानमन्त्रीले स्पष्टिकरण दिनुभएकाे हाे ।
