काठमाडाैं । राष्ट्रिय सभाकाे बैठक आज बस्दैछ ।
संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजेर ११ मिनेट जाँदा बस्ने बैठकमा प्रधामन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्बाेधन गर्नुहुने कार्यसूची छ ।
बैठकमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्रकाे ब्यहाेरा जानकारी गराउनुहुनेछ । बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले 'आर्थिक वर्ष २०८०-०८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्' भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेकाे संसद् सचिवालयले जनाएकाे छ ।
त्यसपछि बजेटमाथि छलफल प्रारम्भ हुनेछ ।
