काठमाडौं । राष्ट्रिय सभाको बैठक भोलिका लागि सरेको छ ।
आज बिहानका लागि बोलाइएको बैठक भोलि बिहान ११ बजेर ११ मिनेटका लागि सारिएको संघीय संसद् सचिवालयले सूचनामार्फत जानकारी दिएकाे छ ।
राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले बुधबारका लागि बैठक स्थगित गर्नुभएकाे सूचनामा उल्लेख छ ।
आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने कार्यसूची थियाे । तर उहाँ आध्यात्मिक सम्मेलन उद्घाटनका लागि खप्तड गएकाले बैठक स्थगित गरिएको बताइएको छ ।
आजकाे बैठकमा बजेटमाथिकाे छलफल सुरु हुने कार्यसूची पनि थियाे ।
