काठमाडाैं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले बजेट निर्माणका क्रममा अनधिकृत व्यक्ति संलग्न भएकाे विषयमा सरकारले जवाफ नदिएसम्म सदन चल्न नदिने बताएकाे छ ।
मंगलबार संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै नेकपा एमालेका सचेतक महेश बर्तौलाले बजेट निर्माणका क्रममा अनधिकृत व्यक्ति संलग्न भएकाे विषयमा सरकारले जवाफ नदिएसम्म सदन चल्न नदिने बताउनुभयाे ।
यस विषयलाई लिएर एमालेसँगै रास्वपा र राप्रपा पनि एक ठाउँमा उभिएका छन् । उनीहरुले यस विषयमा आजै सरकारले जवाफ दिनुपर्ने र छानबिन समिति बनाएर यस विषयमा तत्काल छानबिन हुनुपर्ने बताएका छन् ।
विपक्षी दलले सदन चल्न नदिने बताएपछि बिहान ११ बजेका लागि बाेलाइएकाे प्रतिनिधि सभा बैठक अझै सुरु हुन सकेकाे छैन । संघीय संसद् सचिवालयले बैठक दिउँसो १ः३० मा बस्ने गरी सारिएकाे सूचनामार्फत जानकारी दिएकाे छ ।
