काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद् स्वर्णिम वाग्लेले बजेट निर्माणकाे हेरफेर गरिएकाे विषयमा अर्थमन्त्री डा. प्रकाशशरण महतसँग जवाफ माग्नुभएकाे छ ।
मंगलबार बसेकाे प्रतिनिधि सभा बैठकमा समय लिएर बाेल्दै सांसद् वाग्लेले बजेट निर्माणका क्रममा अनाधिकृत व्यक्तिको सहभागिताबारे अर्थमन्त्रीलाई तीन वटा प्रश्न गर्नुभयाे । उहाँले तीन वर्षकाे उचित जवाफ दिन पनि अर्थमन्त्रीसँग माग गर्नुभयाे ।
सांसद् वाग्लेलले भन्नुभयाे - 'याे वर्ष षड्यन्त्रणमूलक ढंगले निश्चित व्यापारिक घरानालाई अनुचित लाभ हुनेगरी अपारदर्शी ढंगले करका दर हेरफेर गरिएकाे छ कि छैन ? एचएस कोडकाे विज्ञ भनेर संलग्न गराइएकाे व्यक्तिलाई विधि र प्रक्रिया मिलाएर सल्लाहकारीय भूमिका राखिएकाे हाे कि हाेइन ? ३० वर्षसम्म एचएस कोड टाइप गर्न सक्ने व्यक्ति १-२ जना मात्र हुन् ?'
दण्डहिनताकाे चुरीफुरी विरुद्ध राजस्वपा उभिएकाे पनि उहाँले बताउनुभयाे ।
