काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजस्व चुहावट राेक्ने मनसाय र इच्छाशक्ति सरकारमा नभएकाे बताउनुभएकाे छ ।
मंगलबार बसेकाे प्रतिनिधि सभा बैठकमा बजेटमाथिकाे छलफलमा बाेल्दै अध्यक्ष ओलीले बजेटले राजस्व घटेकाे स्वीकार गरेपनि के कारणले घटेकाे हाे भन्ने नखुलाएकाे बताउनुभयाे ।
अध्यक्ष ओलीले भन्नुभयाे - 'राजस्व प्रशासन सरकारकाे नियन्त्रण बाहिर गएकाे हाे ? यसकाे उत्तर त हाेला नि ? चाेरी, निकासी र राजस्व चुहावट राेक्न सरकारलाई केकेले बाधा पुर्यायाे त ? गाईभैंसी बद्मास भएकी वनका चरा बद्मास भएकी ? किन राेक्न सकिएन ?' कतै राजस्व चुहावटमा सरकारकै निकाय संलग्न भएका हुन कि भन्ने आशंका पैदा भएकाे उहाँले बताउनुभयाे ।
अध्यक्ष ओलीले बजेटमा प्रस्तावित राजस्व नीतिले राजस्व संकलनकाे सम्पूर्ण सम्भावनाकाे सदुपयाेग गर्ने सम्भावना, लक्ष्य र याेजना दिन नसकेकाे बताउनुभयाे । सरकारले राजस्व सम्बन्धमा निष्क्रिय र शिथिल नीति लिएकाे समेत उहाँले बताउनुभयाे ।
बजेटले १५औं आवधिक योजना तथा दिगो विकासका लक्ष्य हासिल गर्न नसक्ने पनि अध्यक्ष ओलीले बताउनुभयाे ।
