काठमाडाैं । प्रतिनिधि सभामा आज पनि आर्थिक वर्ष २०८०-०८१ को बजेटमाथि छलफल हुँदैछ ।
संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा सांसद्हरुले बजेटमाथि आफ्ना धारणा राख्नेछन् । प्रतिनिधि सभामा बजेटमाथि साेमबारदेखि छलफल सुरु भएकाे हाे ।
सरकारले यही जेठ १५ गते १७ खर्ब ५१ अर्बको बजेट सार्वजनिक गरेको थियाे ।
