काठमाडाैं । नेकपा एमालेका सांसद् रघुजी पन्तले सरकारले ल्याएकाे बजेटले देश र जनतामा उत्साह ल्याउन नसकेकाे बताउनुभएकाे छ ।
बिहीबार बसेकाे प्रतिनिधि सभा बैठकमा बजेटमाथिकाे छलफलमा बाेल्दै सांसद् पन्तले बजेटकाे कुनै गन्तव्य नभएकाे बताउनुभयाे । उहाँले स्पष्ट रणनीति नभएकाे, मुलुकलाई कता लैजाने ? विकासकाे कुन दिग्दर्शनकाे माध्यममा याे बजेट अगाडि बढ्छ भन्ने नै नरहनु याे बजेटकाे सबैभन्दा ठूलाे कमजाेरी रहेकाे बताउनुभयाे ।
बजेटमा देशकाे सम्पूर्ण चित्र देखिनुपर्नेमा त्यसाे हुन नसकेकाे भन्दै सांसद् पन्तले देशकाे आर्थिक समस्या र त्यसकाे समाधानबारे बजेटमा कुनै याेजना नराखिएकाे बताउनुभयाे । उहाँले भन्नुभयाे - 'बजेट भनेकाे गएकाे आर्थिक वर्ष र आउने वर्षमा खर्च र आम्दानीकाे विवरण मात्र हाेइन, बजेट भनेकाे सपना हाे, अर्थ राजनीतिक दस्तावेज हाे, जसले मुलुककाे सपनालाई बाेकेकाे हुन्छ, यसले साग बेच्ने किसानदेखि अर्बपतिसम्मलाई प्रभाव पार्छ, त्यसैले याे बजेटमा देशकाे तस्विर आउनुपर्छ, मुलुककाे सामाजिक अवस्था परिलक्षित हुनुपर्छ, देशकाे हुटुहुटी बाेक्नुपर्छ, जनताका आकांक्षा बाेक्नुपर्छ, उनीहरुका चिन्ता र चासाेलाई सम्बाेधन गर्नुपर्छ तब पाे देशकाे बजेट ।'
देशलाई अघि बढाउन पैसासँगै कमिटमेन्ट, अठाेट र प्रतिबद्धता चाहिने उहाँले बताउनुभयाे । सरकारले बजेटमा रहरकाे दाल भनेर गहतकाे दाल देखाएकाे बताउनुभयाे ।
सरकारले दैनिक उपभाेग्य वस्तुमा समेत कर थाेपरेर जनतालाई पीडा दिएकाे उहाँले बताउनुभयाे । अरु देशमा खाद्यान्नमा सहुलियत दिने व्यवस्था भएकाले गरिबहरु टिकेका तर नेपालमा त्याे अवस्था नभएकाले चरम निराशा छाएकाे समेत सांसद् पन्तले बताउनुभयाे ।
अब प्याज किन्न नसकेर आँशु आउने अवस्था देखिएकाे भन्दै उहाँले असन्तुष्टि जनाउनुभयाे । सांसद् पन्तले भन्नुभयाे - 'प्रत्येक दिन, प्रत्येक मान्छेले, उद्योगपतिले के भन्छन्, व्यापारीले के भन्छन्, अर्थशास्त्रीले के भन्छन् भनेर पढिरहेको छु, सबैजना भन्छन् यो बजेटले निराशा ल्यायो, हुँदाहुँदा तोरीको तेल, आलु र प्याजको भाउ पनि बढ्यो, उहिलेउहिले प्याज काट्दा आँशु आउँथ्यो, अब केही दिनपछि प्याज किन्दै आँशु आउँछ,बुढी घरमा सुत्केरी भइ भने तोरीको तेल किन्न नसकिने अवस्था आयो ।'
जेटमा समाजवाद भन्ने शब्द नभएको भन्दै उहाँले राष्ट्रिय पुँजीकाे निर्माणका लागि पनि बजेटले ध्यान नदिएकाे बताउनुभयाे ।
