काठमाडाैं । राष्ट्रिय सभाकाे बैठक आज पनि बस्दैछ ।
संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजेर ३१ मिनेटमा बस्ने बैठकमा आर्थिक वर्ष २०८०-८१ को बजेटमा सांसद्हरुले उठाएका प्रश्नकाे अर्थमन्त्री डा. प्रकाशशरण महतले जवाफ दिनुहुनेछ ।
त्यसअघि बैठकमा बजेटमाथि छलफल जारी रहनेछ । बाेल्न बाँकी सदस्यले धारणा राखेपछि अर्थमन्त्रीले जवाफ दिनुहुनेछ ।
