काठमाडौं । प्रतिनिधि सभा सदस्य गोकर्ण विष्टले नेपालको अर्थतन्त्र सुधारको लागि एक वर्षको बजेट र कार्यक्रमको समीक्षा गरेर मात्र नहुने बताउनुभएको छ ।
शुक्रबार प्रतिनिधि सभा बैठकमा बोल्दै विष्टले दुई वर्षको कोभिड वा रुस–युक्रेन युद्धको कारण मात्र नेपालको अर्थव्यवस्था यति धेरै कमजोर नभएको बताउनुभयो । पुँजीगत खर्च भन्दा साधारण खर्च बढ्नु आर्थिक विकासको लागि घातक भएको उहाँले बताउनुभयो । सरकारले ल्याएको बजेटमा पुँजीगत भन्दा साधारण खर्च बढी भएको भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयो । ‘ यो बजेट चार आनाको लेनदेन रुपैँयाको खानपिन जस्तो बजेट छ, यो बजेटबाट हामीले धरै आशा गर्न सक्दैनौँ’, उहाँले भन्नुभयो ।
सरकारले अनुमान गरेको आर्थिक वृद्धिदर समेत हचुवाको भरमा राखेको उहाँले बताउनुभयो । यस्तो अवस्थामा सरकारले अवस्थामा सरकारले अनुमान गरेको आर्थिक वृद्धि कुनै हालतमा पूरा गर्न नसक्ने उहाँले दाबी गर्नुभयो ।
सरकारले ल्याएको बजेट मुट्ठीभरलाई स्वर्ग जस्तो भए पनि लाखौँ लाखका लागि उजाड भएको उहाँले बताउनुभयो । सरकारले ल्याएको बजेट जनताको पेटमा लात हान्ने खालको भएको उहाँले टिप्पणी गर्नुभयो ।
