काठमाडौं । १५ मिनेटका लागि स्थगित भएकाे प्रतिनिधि सभा बैठक सुचारु भएकाे छ ।
शुक्रबार प्रतिनिधि सभा बैठक जारी रहेकै बेला अर्थमन्त्रीलाई नदेखेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद् सुमना श्रेष्ठले नियमापत्ति जनाउनुभयाे । त्यसपछि रास्वपाका सांसद्हरूले उठेर विराेध जनाए ।
बजेटमाथिको छलफल हुँदा अर्थमन्त्री पनि हुनुपर्ने आवाज उनीहरुले उठाएपछि सभामुख देवराज घिमिरले १५ मिनेटका लागि बैठक स्थगित भएको जानकारी गराउनुभएकाे । बैठकमा रास्वपा सांसद् डा.स्वर्णिम वाग्ले बोल्दै गर्दा रास्वपाकै सांसद्ले अर्थमन्त्री खाेजेका हुन् ।
अर्थमन्त्री महत साे समयमा राष्ट्रिय सभामा जवाफ दिइरहनुभएकाे थियाे ।
