काठमाडौं । प्रतिनिधि सभाको बैठक बस्दैछ ।
संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा आर्थिक वर्ष २०८०-०८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथिको छलफल जारी रहनेछ ।
छलफल सकिनासाथ बजेटमाथि सांसद्हरुले उठाएका प्रश्नकाे अर्थमन्त्री डा. प्रकाशशरण महतले जवाफ दिनुहुने कार्यसूची रहेकाे संसद् सचिवालयले जनाएकाे छ ।
विनियोजन विधेयक २०८० र राष्ट्र ऋण उठाउने विधेयक २०८० लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद् प्रेम सुवालले राखेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गरिने सम्भावित कार्यसूची पनि छ ।
