काठमाडाैं । राप्रपाकी सांसद् राेशन कार्कीले सरकारले ल्याएकाे बजेट असन्तुलित रहेकाे बताउनुभएकाे छ ।
आइतबार बसेकाे प्रतिनिधि सभा बैठकमा बजेटमाथिकाे छलफलमा बाेल्दै सांसद् कार्कीले बजेटमा धेरै कुरा नराम्रा र तालमेल नमिलेका बताउनुभयाे ।
सरकारले ल्याएकाे बजेटमा सत्तापक्षका मन्त्रीका लागि मात्रै याेजना पारिएकाे भन्दै उहाँले असन्तुष्टि जनाउनुभयाे । बहुमतकाे बलमा बजेट पारित गर्ने परम्पराप्रति असन्तुष्टि जनाउँदै सांसद् कार्कीले भन्नुभयाे - 'बजेटमा जतिपनि याेजना र कार्यक्रम छ सबै सत्तापक्षका मन्त्रीज्यूहरुकाे भागमा छ, हामीहरु विपक्षकाे भागमा त केही पनि छैन, थाहा छ तपाइँहरुले टेबल ठटाएर बहुमतकाे दम देखाएर कार्यक्रम पास गर्नुहुन्छ, तर तपाइँहरु पनि कुनै दिन विपक्षमा आउनुहुन्छ ख्याल गर्नुहाेला ।'
समानुपातिक सांसद्लाई जाेक्कर बनाउन खाेजिएकाे भन्दै उहाँले आपत्ति समेत जनाउनुभयाे । सांसद् कार्कीले सदनमा अर्थमन्त्र डा. प्रकाशशरण महतलाई नदेखेपछि छलफलमा जसलाई सुनाउनु थियो, उहाँ नै गायब हुनुहुन्छ बाेलाैं कि नबाेलाैं भन्दै कटाक्ष समेत गर्नुभयाे ।
