काठमाडाैं । काेशी प्रदेशकाे प्रदेश सभा बैठक जेठ ३१ गते बस्ने भएकाे छ ।
कोशी प्रदेशसभाको दोस्रो तथा बजेट अधिवेशन जेठ ३१ गते बुधबार दिउँसो १ बजे बस्ने प्रदेश सभा सचिवालयले आइतबार सूचनामार्फत जानकारी दिएकाे हाे ।
जेठ २३ गते सभाको बैठक सम्पन्न भएपछि सभामुख बाबुराम गौतमले अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित भएकाे जानकारी गराउनुभएकाे थियाे ।
अरु सबै प्रदेशले नीति तथा कार्यक्रम ल्याइसकेका छन् । नेकपा एमाले नेतृत्वको सरकार रहेको कोशी प्रदेशमा जनता समाजवादी पार्टी (जसपा) र माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि वार्षिक नीति तथा कार्यक्रम र बजेट समेत प्रभावित हुने देखिएको छ ।
प्रदेश सभाले असार १ गतेसम्ममा प्रदेशको बजेट ल्याइसक्नुपर्ने प्रावधान छ ।
