काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्की विरुद्ध परेकाे उजुरीमाथि जेठ ३१ गते छलफल हुने भएकाे छ ।
सोमबार सिंहदबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले प्रस्तावित प्रधानन्यायाधीश कार्की विरुद्ध परेका उजुरीको अध्ययन गरी ३१ गते बुधबार उजुरीमाथि छलफल गर्ने निर्णय गरेकाे हाे ।
समितिमा परेका उजुरी अध्ययन गर्ने र आवश्यकताअनुसार उजुरीकर्तालाई छलफलमा बाेदाउने निर्णय बैठकले गरेकाे हाे । समितिले जेठ ३१ गते उजुरीमाथि छलफल गरेर जेठ ३२ गते कार्कीकाे सुनुवाइ गर्ने निर्णय गरेकाे छ ।
समितिकाे जेठ १६ गतेकाे बैठकले कार्की विरुद्ध १० दिनभित्र उजुरी दिन आह्वान गरेकाे थियाे । समितिले ताेकेकाे अवधिमा कार्कीविरुद्ध २९ वटा उजुरी परेका छन् ।
समितिकाे आजकाे बैठकले समितिको बैठक कार्यविधि परिमार्जनसहित पारित गरेको छ ।
