काठमाडाैं । नेकपा एमालेका सचिव तथा सांसद् गाेकर्ण विष्टले राज्य लुटेराहरुकाे वैधानिक समूहमा परिणत हुन लागेकाे बताउनुभएकाे छ ।
साेमबार बसेकाे प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतसँग स्पष्टिकरण माग्दै सांसद् विष्टले विधि, विवेक र न्याय समाप्त भयाे भने राज्य लुटेराहरुकाे वैधानिक समूहमा परिणत हुने बताउनुभयाे ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, अर्थमन्त्री महत लगायत मन्त्री र सत्ता पक्षका ठूला नेताकाे निर्वाचन क्षेत्रका लागि धेरै बजेट छुट्याइएकाेतर्फ लक्षित गर्दै उहाँले त्यसाे भन्नुभएकाे हाे ।
सांसद् विष्टले बजेट राख्नका लागि मन्त्रीहरु बन्नुपर्ने भए अरु जिल्लाका जनताले विकास र न्याय कहिले पाउने भन्दै प्रश्न गर्नुभयाे । उहाँले भन्नुभयाे - 'प्लेटाेकाे एउटा भनाइ छ- विधि विवेक र न्याय समाप्त भयाे चने राज्य लुटेराहरुकाे वैधानिक समूहमा परिणत हुन्छ, म यही आराेप त लगाउन चाहाँदैन, तर दुई दिन अगाडि अर्थमन्त्री महतले नुवाकाेट गएर म नुवाकाेटकै भएकाले बेसी बजेट हालेकाे बाेन्नुभएछ, बजेट राख्नकाे लागि अर्थमन्त्री, प्रधानमन्त्री, मन्त्री बन्नुपर्ने हाे भने अरु जिल्लाका जनताले विकास र न्याय कहिले पाउने जवाफ पाउँ ।'
