काठमाडाैं । नेकपा एमालेका सचेत महेश बर्ताैलाले बजेटमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, अर्थमन्त्री डा. प्रकाशशरण महत र सत्तापक्षका केही ठूला नेताकाे अनुहार देखिएकाे बताउनुभएकाे छ ।
साेमबार बसेकाे प्रतिनिधि सभा बैठकमा अर्थमन्त्रीसँग स्पष्टिकरण माग गर्दै सचेतक बर्ताैलाले बजेट पार्न सफल भएकाे भन्दै सत्तापक्षलाई बधाई दिनुभयाे । उहाँले भन्नुभयाे - 'याे बजेटमा जताबाट हेर्दाखेरी पनि प्रधानमन्त्रीकाे, अर्थमन्त्रीकाे र सत्तापक्षका केही ठूला नेताकाे अनुहार देखियाे, यसका लागि यहाँहरुलाई बधाई छ, डाडु पनियाे हातमा थियाे सफल हुनुभयाे ।'
निकुञ्ज र मध्यवर्ती क्षेत्रमा मानव र वन्यजन्तुका बीच ठूलाे समस्या रहेकाे भन्दै साेलार तारपारकाे कुरा उठाएपनि बजेट माैन रहेकाे भन्दै सचेतक बर्ताैलाले आपत्ति जनाउनुभयाे ।
मकवानपुर क्षेत्र नम्बर-२ काे कैलाश गाउँपालिका, राक्सिराङ गाउँपालिका र मनहरी गाउँपालिका लगायत क्षेत्र चेपाङ र जनजातिकाे बाहुल्य क्षेत्र भएकाे भन्दै उहाँले त्यहाँका जनता निक्कै गरिब र अशिक्षा रहेकाे बताउनुभयाे । त्यहाँका चेपाङ, वनकरिया र बाेटेका बारेमा सरकारले कुनै कार्यक्रम नराखेकाे र अनुदार देखिएकाे सचेतक बर्ताैलाले बताउनुभयाे ।
