काठमाडाैं । एकीकृत समावादीका सांसद् राजेन्द्र पाण्डे आलु र प्याजमा कर लगाइएकाेमा आपत्ति जनाउनुभएकाे छ ।
साेमबार बसेकाे प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतलाई स्पष्टिकरण साेध्दै सांसद् पाण्डेले आलु र प्याजमा समेत कर लगाउनु गलत रहेकाे बताउनुभयाे । 'अर्थमन्त्रीज्यूले आलु-प्याजमा समेत कर लगाउनुभयाे, नेपाली उत्पादन बढाउनलाई भन्नुभयाे आज भ्याट लगाएर आलु र प्याज रातारात उत्पादन हुन्छ ? त्यसका लागि कुनै कार्यक्रम चाहिँदैन ?'- उहाँकाे प्रश्न छ ।
अतिरिक्त हुलाक खारेज गर्दा ८ हजार तलब खाने ११ हजार कर्मचारी पीडामा परेका भन्दै सांसद् पाण्डेले यसाे गर्नु अपराध भएकाे बताउनुभयाे । बजेट प्रधानमन्त्री र मन्त्रीहरुकाे जिल्लामा मात्र केन्द्रित भएकाे पनि उहाँले बताउनुभयाे ।
