काठमाडाैं । नेकपा एमालेकी सांसद् भगवती चाैधरीले अर्थमन्त्री डा. प्रकाशशरण महत गठबन्धनकाे मात्रै अर्थमन्त्री बनेकाे बताउनुभएकाे छ ।
साेमबार बसेकाे प्रतिनिधि सभा बैठकमा महतलाई स्पष्टिकरण साेध्दै सांसद् चाैधरीले भन्नुभयाे - 'अर्थमन्त्रीज्यू गठबन्धनकाे मात्रै हुनुभयाे कि नेपाल सरकारकाे पनि हाे भन्ने प्रश्न उठ्याे ।'
निश्चित क्षेत्रमा मात्र बजेट छुट्याइएकाेमा आपत्ति जनाउँदै उहाँले सुनसरीमा कुनै याेजना नपारिएकाेमा असन्तुष्टि जनाउनुभयाे । आलु र प्याजमा समेत कर लगाउनु आपत्तिजनक रहेकाे पनि सांसद् चाैधरीले बताउनुभयाे ।
