काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले निर्वाचन आयाेगका जिल्ला कार्यालय खारेज नहुने दाबी गर्नुभएकाे छ ।
आर्थिक वर्ष २०८०-८१ को बजेटमाथिको छलफलमा उठेका प्रश्नको सोमबार प्रतिनिधि सभा बैठकमा जवाफ दिने क्रममा अर्थमन्त्री महतले निर्वाचन आयाेगका जिल्ला कार्यालय खारेज गर्ने र अधिकार कटौती गर्ने सरकारको मनसाय नरहेको दाबी गर्नुभयाे ।
७७ जिल्लाका निर्वाचन कार्यालय खारेज गर्ने भन्ने नभएर छुट्टै कार्यालय खारेज गर्ने प्रस्ताव मात्रै राखिएकाे उहाँले दाबी गर्नुभयाे ।
