काठमाडाैं । प्रतिनिधि सभामा विनियाेजन विधेयक, २०८० र राष्ट्र ऋण उठाउने विधेयक, २०८० पेस भएकाे छ ।
साेमबार बसेकाे प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेटका पूरक विधेयकको रुपमा रहेका ती दुवै विधेयक पेस गर्नुभएकाे हाे ।
विनियोजन विधेयक २०८० र राष्ट्र ऋण उठाउने विधेयक २०८० लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद् प्रेम सुवालले विराेधकाे सूचना पेस गर्दै आफ्नाे विचार राख्नुभएकाे थियाे ।
उहाँले राखेकाे विरोधको सूचनालाई सभामुख देवराज घिमिरेले निर्णयार्थ पेस गर्दै बहुमतले अस्वीकृत भएकाे घाेषणा गर्नुभयाे ।
त्यसपछि दुवै विधेयक अर्थमन्त्रीले पेस गर्नुभएकाे हाे । प्रतिनिधि सभाकाे बैठक १५ मिनेटपछि बस्नेगरी स्थगित गरिएकाे छ ।
