काठमाडाैं । नेकपा एमालेका सचिव एवं सांसद् गाेकर्ण विष्टले सरकारल् ल्याएकाे बजेट अन्यायपूर्ण र विभेदकारी रहेकाे बताउनुभएकाे छ ।
विनियाेजन विधेयक, २०८० माथिकाे छलफलमा बाेल्दै सांसद् विष्टले आर्थिक हिसाबले अत्यन्त पछि परेका विपन्न जनतालाई जाेखिमबाट जाेगाउन संरक्षण गर्नुपर्ने करका दर परिवर्तनपछि विविध कारणले भरपेट खाने जनता आधा पेट खान वाध्य भएका बताउनुभयाे ।
उहाँले भन्नुभयाे - 'उनीहरुकाे संरक्षण गर्नका लागि बजेटले ठाेस व्यवस्था गर्नुपर्थ्याे, तर बजेट विपन्न परिवार र गरिबप्रति उदासीन छ, अन्यापूर्ण छ, याे विनियाेजन गरिबमारा छ, यसले गरिबहरुकाे हित गर्ने देखिँदैन ।'
स्वास्थ्य र शिक्षामा बजेट केन्द्रित हुनुपर्नेमा त्यसाे हुन नसकेकाे भन्दै सांसद् विष्टले अकालमा मानिसहरुकाे जीवनलाई संरक्षण गर्नयाेग्य र पढ्न नपाएकालाई पढेर याेग्य बनाउन सफल नभएकाे बताउनुभयाे । 'विनियाेजन अत्यन्तै अन्यापूर्ण र विभेदपूर्ण छ, प्रधानमन्त्री, अर्थमन्त्री भएका ठाउँमा विनियाेजन छ, आफ्नाे हात जगन्नाथ जस्तै छ, माननीय सदस्यकाे नाममा उहाँले ५ कराेड विनियाेजन गर्नुभयाे, तर अर्बाैं रुपैयाँ प्रधानमन्त्री, अर्थमन्त्रीसहितका क्षेत्रमा लानुभयाे, एउटा उखान छ -धन चामल धामीलाई व्यथा जति हामीलाई पैसा जति मन्त्रीहरुकाे आफ्नाे ठाउँमा, बद्नामी सांसद् र संसद्लाई ।'
देशैभर पिउने पानीकाे अभावमा जनता काकाकुल बनेका भन्दै उहाँले पिउने बानीमा विनियाेजन नगरिएकाे बताउनुभयाे । याे विनियाेजन सबै हिसाबले अन्यायपूर्ण र देशलाई कंगाल बनाउने खालकाे रहेकाे बताउनुभयाे । यस विनियाेजनमा गम्भीर सअहमति रहेकाे बताउनुभयाे ।
