काठमाडाैं । राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिले निर्वाचन आयाेगका जिल्ला कार्यालय खारेज गर्ने विषयमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग छलफल गर्ने भएकाे छ ।
साेमबार सिंहदरबारमा बसेकाे समितिकाे बैठकले साे विषयमा गृहमन्त्रीसँग छलफल गर्ने निर्णय गरेकाे हाे । समिति सभापति दिलकुमारी रावलले निर्वाचन कार्यालय खारेजीका विषयमा गृहमन्त्रीसँग छलफल गरेर आवश्यक निर्णय गरिने जानकारी दिनुभयो ।
समितिले साेमबार साे विषयमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई बाेलाएर छलफल गरेकाे थियाे ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले जिल्ला निर्वाचन कार्यालय खारेज गरी जिल्ला प्रशासन कार्यालयमा निर्वाचन इकाइ रहने घोषणा बजेट वक्तव्यमार्फत गर्नुभएकाे थियाे ।
