काठमाडाैं । लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०८०-८१ को नीति तथा कार्यक्रम प्रदेश सभाबाट पारित भएकाे छ ।
मंगलबार बसेकाे प्रदेश सभा बैठकबाट सरकारकाे नीति तथा कार्यक्रम बहुतमले पारित भएकाे हाे ।
बैठकमा मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आर्थिक वर्ष २०८०-०८१ को नीति तथा कार्यक्रम पारित गरियाेस् भन्ने प्रस्ताव पेस गर्नुभएकाे थियाे । साे प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दै सभामुख तुलाराम घर्ती मगरले नीति तथा कार्यक्रम बहुमतले पारित भएकाे घाेषणा गर्नुभयाे ।
नीति तथा कार्यक्रममाथि पाँच जना सांसद्ले संशोधन प्रस्ताव दर्ता गराउनुभएकाे थियाे । उक्त संशोधन प्रस्ताव सभाले बहुमतले अस्वीकृत गरेको थियाे ।
त्यसअघि नीति तथा कार्यक्रमाथि उठेका प्रश्नकाे मुख्यमन्त्री चाैधरीले जवाफ दिनुभएकाे थियाे ।
आजकाे बैठकमा आर्थिक मामिलामन्त्री धनबहादुर मास्कीले आर्थिक वर्ष ०७९=८० को आर्थिक सर्वेक्षण पेस गर्नुभएकाे थियाे । प्रदेश सभाकाे अर्काे बैठक असार १ गते बस्नेछ ।
