काठमाडौं । कोशी प्रदेशकाे प्रदेश सभाको बैठक आज बस्दैछ ।
दिउँसो १ बजे बस्ने बैठकमा प्रदेश प्रमुख पर्शुराम खापुङले आगामी आर्थिक वर्ष २०८०-०८१ को नीति तथा कायृक्रम प्रस्तुत गर्नुहुने कार्यसूची तय भएकाे प्रदेश सभा सचिवालयले जनाएकाे छ ।
मंगलबार बसेकाे प्रदेश सरकारकाे मन्त्रिपरिषद् बैठकले सरकारको नीति तथा कार्यक्रम स्वीकृत गर्ने निर्णय थियाे । बैठकले वार्षिक नीति तथा कार्यक्रम प्रदेश सभा बैठकमा सम्बोधन गरी प्रस्तुत गर्न प्रदेश प्रमुख खापुङलाई अनुरोध गर्ने निर्णय पनि गरेकाे थियाे ।
