काठमाडाैं । सभामुख देवराज घिमिरे र नेपालका लागि दक्षिण कोरियाका नवनियुक्त राजदूत पार्क तइयोङबीच शिष्टाचार भेटवार्ता भएकाे छ ।
उहाँहरुबीच सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा बुधबार भेटवार्ता भएकाे हाे । सभामुख र राजदूत पार्कबीचकाे भेटवार्तामा दुई देशबीचको सम्बन्ध, संसदीय अनुभव आदान-प्रदान लगायत विषयमा कुराकानी भएको सभामुखकाे सचिवालयले जनाएकाे छ ।
साे अवसरमा सभामुख घिमिरेले दक्षिण कोरियामा ८५ हजार बढी नेपाली श्रमिक कार्यरत रहेको र नेपालको आर्थिक विकासमा कोरियाको सहयोग उल्लेखनीय रहेको बताउनुभयाे । नेपाल-कोरिया सीधा हवाई उडानका लागि सकारात्मक पहल गर्न उहाँले राजदूतमार्फत कोरिया सरकारको ध्यानाकर्षण समेत जनाउनुभयाे ।
जवाफमा राजदूत पार्कले यी विषयमा आफ्नाे ध्यान पुगेकाे बताउनुभएकाे थियाे ।
