काठमाडाैं । चीनको औपचारिक भ्रमणमा रहनुभएका राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र चीनको सांघाई म्युनिसिपल पिपुल्स कंग्रेस स्थायी समितिका अध्यक्ष डोङ युन्हुबीच शिष्टाचार भेटवार्ता भएकाे छ ।
अध्यक्ष तिमिल्सिनासँग चीनको सांघाई म्युनिसिपल पिपुल्स कंग्रेस स्थायी समितिका अध्यक्ष डोङले पिपुल्स बिल्डिङमा बुधबार शिष्टाचार भेटवार्ता गरेका गर्नुभएकाे हाे ।
भेटमा अध्यक्ष तिमिल्सिनाले चीनको औद्याेगिक सहर सांघाईको विकासबाट नेपालले धेरै कुरा सिक्न सक्ने भन्दै सांघाईबाट काठमाडौं र पोखरा सीधा उडानबारे कुरा उठाउनुभएकाे उहाँकाे सचिवालयले जनाएकाे छ । सीधा उडान हुँदा नेपाली व्यापारी पनि सोझै आउन सक्ने र यहाँबाट धार्मिक पर्यटकहरू लुम्बिनी जान सक्ने र अन्य पर्यटक पोखरा जान सक्ने उहाँकाे भनाइ थियाे ।
अध्यक्ष तिमिल्सिनाले पोखरा महानगरले सांघाई सहरसँग भगिनी सम्बन्ध राख्ने चाहना व्यक्त गरेको त्यहाँका अधिकारीहरूलाई जानकारी गराउनुभयाे र
चीनको सांघाई म्युनिसिपल पिपुल्स कंग्रेस स्थायी समितिका अध्यक्ष डोङले सांघाई सबैभन्दा ठूलो आर्थिक केन्द्र भएको र यसले चीन र नेपालबीचको अन्तरसम्बन्ध बढाउने बताउनुभएकाे थियाे । अर्थतन्त्र, संस्कृति, पर्यटन र जनजीविकाका क्षेत्रमा दुई ठाउँबीचको सहयोगको प्रवाहलाई अझ प्रगाढ बनाउने र दुई देशका जनतालाई फाइदा पुर्याउन मैत्रीपूर्ण आदानप्रदानलाई निरन्तर विस्तार गर्ने उहाँले बताउनुभयाे ।
