काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दैछ ।
संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा विनियोजन विधेयक, २०८० को विभिन्न शीर्षकहरूमाथि छलफल हुने सम्भावित कार्यसूची छ ।
आज वन तथा वातावरण मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय र शहरी विकास मन्त्रालयकाे विभिन्न शीर्षकमा छलफल हुने संसद् सचिवालयले जनाएकाे छ । ती मन्त्रालयका विभिन्न शीर्षकमाथि सांसद्हरुले खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची पनि छ ।
