काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको संसदीय सुनुवाइ आज हुँदैछ ।
बुधबार सिंहदरबारमा बसेकाे समितिकाे बैठकले उजुरीकर्ताहरूसँग छलफल गरेपछि कार्कीलाई आज सुनुवाइका लागि बाेलाएकाे हाे । बिहान ८ बजे बस्ने बैठकमा प्रस्तावित प्रधानन्यायाधीश कार्कीले आफ्नाे कार्ययोजना प्रस्तुत गर्नुहुनेछ ।
सुनुवाइ समितिले कार्कीको नाम अनुमोदन गरेमा राष्ट्रपति रामचन्द्र पाैडेलले उहाँलाई प्रधानन्यायाधीशमा नियुक्त गर्नुहुनेछ । वैशाख २५ गते बसेकाे संवैधानिक परिषद्काे बैठकले कार्कीलाई सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको थियो ।
प्रधानन्यायाधीशको पद करिब १५ महिनादेखि रिक्त छ । कार्कीले नै कामु प्रधानन्यायाधीशका रुपमा साे जिम्मेवारी सम्हाल्दै आउनुभएकाे छ । ६५ वर्षे उमेर हदका कारण आगामी साउन २० देखि कार्कीले अनिवार्य अवकाश पाउँदै हुनुहुन्छ ।
