काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८०/०८१ को बजेटको आज प्रस्तुत गर्दै छ ।
प्रदेशका आर्थिक मामिला मन्त्री नरेश शाहीले प्रदेश सभामा बजेट प्रस्तुत गर्ने कार्यक्रम छ । असार १ गते बजेट प्रस्तुत गर्नुपर्ने कानुनी प्रावधान अनुसार प्रदेश सरकारले आज बजेट ल्याउने भएको हो ।
प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३० अर्ब हाराहारीमा बजेट प्रस्तुत गर्ने तयारी गरेको छ ।
