काठमाडाैं । प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीकाे नाम संसदीय सुनुवाइ समितिबाट सर्वसम्मत रुपमा अनुमोदन भएको छ ।
शुक्रबार सिंहदरबारमा बसेकाे समितिकाे बैठकले सर्वोच्चका कायममुकायम प्रधानन्यायाधीश कार्कीको नाम भावी प्रधानन्याधीशका लागि अनुमोदन गरेको हाे ।
बैठकमा कार्कीले समिति सदस्यहरुकाे प्रश्नकाे जवाफ दिएपछि उहाँको नाम सर्वसम्मतिले अनुमोदन भएको हो । प्रधानन्यायाधीश पदमा संसदीय सुनुवाइपछि कार्कीको नाम सर्वसम्मत रूपमा अनुमोदन भएको समितिका ज्येष्ठ सदस्य पशुपतिशम्शेर जबराले जानकारी दिनुभयो ।
अब राष्ट्रपतिले नियुक्त गरेपछि कार्की प्रधानन्यायाधीश हुनुहुनेछ ।
