काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०८०-०८१ का लागि २९ अर्ब २६ करोड ५९ लाख रुपैयाँको बजेट ल्याएको छ ।
शुक्रबार बसेकाे प्रदेश सभा बैठकमा प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री नरेशकुमार शाहीले साे रकम बराबरकाे बजेट प्रस्तुत गर्नुभएकाे हाे ।
कुल बजेटमध्ये चालुतर्फ ९ अर्ब ५९ करोड ६० लाख, पुँजीगततर्फ १७ अर्ब २ करोड २३ लाख र अन्तर सरकारी वित्तीय हस्तान्तरण अन्तर्गत २ अर्ब ३४ करोड ७५ लाख रुपैयाँ विनियोजन गरिएकाे मन्त्री शाहीले बताउनुभयाे । वित्तीय व्यवस्थातर्फ ३० करोड रुपैयाँ विनियोजन गरेको छ ।
आगामी आर्थिक वर्षको खर्च व्यहोर्ने स्रोतमध्ये आन्तरिक राजस्व परिचालनबाट १ अर्ब ५० करोड र संघीय सरकारबाट राजस्व बाँडफाँटबाट ९ अर्ब ४१ करोड १७ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।
संंघीय रोयल्टीबाट बाँडफाँटबाट ६ करोड ५६ लाख रुपैयाँ प्राप्त हुने प्रदेश सरकारकाे अनुमान छ । संघीय सरकारबाट वित्तीय समानीकरण अनुदानबाट ८ अर्ब ५२ करोड ३ लाख र चालु आर्थिक वर्षको विनियोजनबाट बचत हुने ३ अर्ब ८६ करोड रुपैयाँ प्राप्त हुने अनुमान गरिएको मन्त्री शाहीले बताउनुभयाे ।
सशर्त अनुदानबाट ४ अर्ब ५१ करोड १६ लाख, संघीय समपुरक अनुदानबाट ७७ करोड र विशेष अनुदानबाट ६२ करोड प्राप्त हुने अनुमान गरिएको छ ।
हेर्नुस् पूर्णपाठ:
