काठमाडाैं । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०८०-८१ का लागि ३३ अर्ब ४२ करोड ७२ लाख ६२ हजारको बजेट सार्वजनिक गरेको छ ।
शुक्रबार बसेकाे प्रदेश सभा बैठकमा प्रदेश सरकारका आर्थिक मामिलामन्त्री जीतप्रकाश आले मगरले साे रकम बराबरकाे बजेट प्रस्तुत गर्नुभएको हो ।
कुल बजेटमध्ये चालुतर्फ १२ अर्ब ७३ करोड ६७ लाख ३८ हजार अर्थात ३८ दशमलव १ प्रतिशत र पूँजीगततर्फ २० अर्ब १९ करोड ४ लाख ६२ हजार रुपैयाँ अर्थात ६० दशमलव ४ प्रतिशत विनियोजन गरिएको मन्त्री मगरले जानकारी दिनुभयाे । वित्तीय व्यवस्थातर्फ ५० करोड विनियोजन गरिएको छ ।
बजेटको स्रोततर्फ संघ सरकारबाट वित्तीय समानीकरण अनुदानबाट ७ अर्ब ६२ करोड २५ लाख, राजस्व बाँडफाँटबाट ९ अर्ब ५ करोड ३२ लाख, रोयल्टी बाँडफाँटबाट ४० करोड ८ लाख १६ हजार, सशर्त अनुदानतर्फ ४ अर्ब ९४ करोड १५ लाख, समपूरक अनुदानतर्फ ८४ करोड र विशेष अनुदानतर्फ ७० करोड प्राप्त हुने अनुमान गरिएको छ ।
प्रदेशको राजस्व परिचालनबाट आन्तरिक राजस्व ५ अर्ब १६ करोड ९१ लख ८४ हजार प्राप्त हुने अनुमान गरिएको छ ।
हेर्नुस् पूर्णपाठ:
