काठमाडौं । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ०८०-०८१ का लागि ४४ अर्ब ११ करोड ४६ लाख ३२ हजार रुपैयाँकाे बजेट ल्याएको छ ।
शुक्रबार बसेकाे प्रदेश सभा बैठकमा प्रदेश सरकारका प्रदेश सरकारका अर्थमन्त्री सञ्जय कुमार यादवले आगामी आर्थिक वर्षका लागि ४४ अर्ब ११ करोड ४६ लाख ३२ हजार रुपैयाँकाे बजेट प्रस्तुत गर्नुभएकाे हाे ।
कुल बजेटमध्ये चालुतर्फ १८ अर्ब २१ करोड ७६ लाख १४ हजार रुपैयाँ र पूँजीगततर्फ २५ अर्ब ७९ करोड ७० लाख १८ हजार रुपैयाँ विनियोजन गरिएकाे छ ।
आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये आन्तरिक स्रोतको राजश्वबाट ४ अर्ब ३७ करोड ८१ लाख २ हजार र संघीय सरकारबाट राजश्व बाँडफाँटबाट ११ अर्ब ३८ करोड १९ लाख प्राप्त हुने अनुमान गरिएकाे छ ।
समानीकरण बापत प्राप्त अनुदान ७ अर्ब ४१ करोड ५० लाख र चालु आर्थिक वर्षको विनियोजनबाट बचत हुने नगद मौज्दात १२ अर्ब ९० करोड ११ लाख, विशेष अनुदान ४९ करोड, समपूरक अनुदान ९८ करोड, संघीय सरकारबाट सशर्त योजनाका लागि प्राप्त अनुदान ४ अर्ब ५६ करोड ८५ लाख गरी जम्मा ४४ अर्ब ११ करोड ४६ लाख ३२ हजार व्यहोर्दा २ अर्ब न्यून हुने देखिन्छ । सो न्यून पूर्ति गर्न आगामी आर्थिक वर्षमा आन्तरिक ऋण परिचालन गरिनेछ ।
हेर्नुस् पूर्णपाठ:
