काठमाडाैं । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०८०-८१ का लागि ३३ अर्ब ३७ करोड ९७ लाख ७ हजार रुपैयाँको बजेट ल्याएकाे छ ।
शुक्रबार बसेकाे प्रदेश सभा बैठकका प्रदेश सरकारका आन्तरिक मामिला तथा योजनामन्त्री वेदराज सिंहले ३३ अर्ब ३७ करोड ९७ लाख ७ हजार रुपैयाँको बजेट प्रस्तुत गर्नुभएकाे हाे ।
कुल बजेटमध्ये चालुतर्फ ९ अर्ब २० लाख २४ हजार र पुँजीगततर्फ १९ अर्ब ९७ करोड ७२ लाख ४३ हजार बजेट विनियोजन गरिएको उहाँले जानकारी दिनुभयो । स्थानीय तहको वित्तीय हस्तान्तरणतर्फ ४ अर्ब ८० करोड ४ लाख ४० हजार विनियोजन गरिएको छ ।
आगामी आर्थिक वर्षको लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये आन्तरिक राजस्वबाट ८३ करोड ६२ लाख, चालु आर्थिक वर्षको खर्च नभइ बचत हुने अनुमानित रकम ७ अर्ब ४१ करोड, संघीय सरकारबाट राजस्व बाँडफाँट बापत प्राप्त हुने ८ अर्ब ८४ करोड र वित्तीय समानीकरण अनुदानबाट प्रापत हुन आएको १० अर्ब १६ करोड ४१ लाख र सशर्त अनुदानबाट ४ अर्ब ७५ करोड परिचालन गरिनेछ ।
हेर्नुस् पूर्णपाठ:
