काठमाडाैं । नेकपा एमालेका सांसद् राजेन्द्रकुमार राईले बजेट पुर्नलेखन गर्न सरकारलाई सुझाव दिनुभएकाे छ ।
आइतबार बसेकेा प्रतिनिधि सभा बैठकमा मन्त्रालयगत बजेटमाथिकाे छलफलमा बाेल्दै सांसद् राईले बजेट पुर्नलेखन गर्न संवैधानिक अर्चन नरहेकाे बताउनुभयाे ।
सत्ता र प्रतिपक्ष सबैले बजेटप्रति तीब्र असन्तुष्टि जनाएकाे बताउँदै उहाँले भन्नुभयाे - 'याे बजेटलाई पुर्नलेखन गर्दा के हुन्छ ? याे त हिजाेकाे अभ्यास रहेछ, कानुनमा कहाँ छ याे पुर्नलेखन गर्नुहुँदैन भनेर, कुन जिल्लाका मानिस धेरै गरिब छन्, कुन जिल्लाका मानिसकाे स्वास्थ्य- शिक्षामा पहुँ छैन, कुन ठाउँमा भाैतिक विकास भएकाे छैन, तथ्यांक केलाऔं, यसरी गएपाे मुलुकमा प्रजातन्त्र आएकाे र सामाजिक न्यायका आधारमा अगाडि बढेकाे पुष्टि हुन्छ ।'
बजेटमा पक्षपात भएकाे बताउँदै सांसद् राईले प्रश्न गर्नुभयाे - 'प्रधानमन्त्रीलाई किन उहाँकाे ठाउँमा धेरै बजेट लैजानुभयाे, आज जनताबाट चुनिएर आएका प्रतिनिधिलाई त यस्ताे अपमान गरिन्छ भने बाेल्न नसक्ने जनताले याे देशमा कहाँ न्याय पाउँछ ? कसरी न्याय पाउँछ ?'
वास्तविक र तथ्यमा आधारित भएर बजेट बनाउनुपर्ने भएपनि त्यसाे हुन नसकेकाे सांसद् राईले बताउनुभयाे । मुलुकलाई सही दिशा दिन सबै कुरा सुधार गर्नुपर्ने भन्दै उहाँले ताेकतन्त्रमाथि गम्भीर प्रश्न उठ्न नदिने बताउनुभयाे ।
मन्त्री भयाे कि बेथिति गर्ने, पेलपाल गर्ने, सधैभरी मन्त्री हुन्छु भन्ने कर्ताे साेचेकाे ? सांसद् राईकाे प्रश्न छ ।बजेटमा धनकुटालाई भेदभाव गरिएकाे भन्दै आपत्ति जनाउनुभयाे ।
