काठमाडाैं । नेकपा एमालेका सांसद् राजेन्द्रकुमार राईले गठबन्धन सरकार देश र जनताप्रति जिम्मेवार नरहेकाे बताउनुभएकाे छ ।
साेमबार बसेकाे प्रतिनिधि सभा बैठककाे शून्य समयमा बाेल्दै सांसद् राईले देश र जनताका समस्यामा सरकार मुखदर्शक बनेर बसेकाे बताउनुभयाे । उहाँले भन्नुभयाे - 'विकासकाे गति तीब्र ढंगले लैजानुपर्ने, याे सरकार के गर्दैछ ? देश र जनताका समस्यामा याे सरकार मुखदर्शक बनेकाे छ, याे सरकार जनताप्रति, राष्ट्रप्रति जिम्मेवार छैन ।'
सांसद् राईले धनकुटाकाे पार्खिबास नगरपालिका र महालक्ष्मी नगरपालिकामा निर्माणाधीन बसपार्क तत्काल निर्माण सम्पन्न गर्न सरकारसँग माग गर्नुभयाे । पार्खिबास नर महालक्ष्मीमा बसपार्क निर्माण थालेकाे ५ वर्ष पुगेकाे भन्दै उहाँले आजसम्म काम सम्पन्न नहुनु आपत्तिजनक रहेकाे बताउनुभयाे । सांसद् राईले भन्नुभयाे - 'त्यहाँका जनताले भनिरहेका छन् याे सरकार के गर्छ ? निर्माण व्यवसायीले सरकारले पैसा दिएनन् भन्छन्, पैसा नहुँदा मजदूरहरुलाई खान समेत समस्या परेकाे छ, त्यसकारण चाँडाे भन्दा चाँडाे बसपार्क बनाउनका लागि निर्माण व्यवसायीलाई भुक्तानी दिन जरुरी छ, यदि त्यसाे भएन भने सरकारमाथि गम्भीर प्रश्न उठ्छ ।'
