काठमाडाैं । लाेसपाका सांसद् रामप्रकाश चाैधरीले पब्जी गेम तत्काल बन्द गर्न सरकारसँग माग गर्नुभएकाे छ ।
साेमबार बसेकाे प्रतिनिधि सभा बैठककाे शून्य समयमा बाेल्दै सांसद् चाैधरीले पब्जीले गर्दा बालबालिकामा नराम्राे असर परेकाे भन्दै नेपालमा तत्काल प्रतिबन्ध लगाउन माग गर्नुभयाे ।
'यो पब्जी गेम तुरुन्त बन्द गरियोस्, आज हाम्रा बालबालिका ठोकठोक, मारमार भन्दाभन्दै पागलजस्तो भएका छन्, त्यसैले यो पब्जी गेम तुरुन्त बन्द गरियोस्'- उहाँले भन्नुभयाे ।
भारतसँगकाे सीमानाकामा सय रुपैयाँका सामान ल्याउँदा पनि जफत गर्ने काम भएकाे भन्दै सांसद् चाैधरीले सरकारकाे ध्यानाकर्षण गराउनुभयाे ।
