काठमाडाैं । प्रतिनिधि सभा बैठक आज बस्दैछ ।
संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा विनियोजन विधेयक, २०८० को विभिन्न शीर्षकहरुमाथिको जारी छलफल रहनेछ ।
आजकाे बैठकमा शहरी विकास, खानेपानी, अर्थ, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका विभिन्न शीर्षकमाथि छलफल हुने सम्भावित कार्यसूची रहेकाे संसद् सचिवालयले जनाएकाे छ ।
बैठकमा सांसद्हरुले खर्च कटाैतीकाे प्रस्ताव पेस गर्ने कार्यसूची पनि छ ।
