काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्ताेष परियारले त्रिभुवन विश्वविद्यालय उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्ने नेविसंघका नेताहरुकाे मुद्दा फिर्ता नलिन सरकारकाे ध्यानाकर्षण गराउनुभएकाे छ ।
मंगलबार बसेकाे प्रतिनिधि सभा बैठककाे शून्य समयमा बाेल्दै प्रमुख सचेतक परियारले उपप्राध्यापक चलाउनेमाथि आक्रमण गर्नेहरुलाई नछाेड्न गृहमन्त्री नारायणकाजी श्रेष्ठकाे ध्यानाकर्षण गराउनुभयाे ।
'गुण्डागर्दी शैली दिनडहाडै कुटपिट गरेर मरणासन्न बनाएकाे मान्छेकाे मुद्दा फिर्ता लिने कहाँकाे न्याय हाे ? न्याय चाहिन्छ, न्यायलाई मर्न नदिऔं, न्याय पनि मर्याे भनेर हाम्राे आशा रहँदैन, भविष्य रहँदैन, विश्वविद्यालय जस्ताे क्षेत्रमा त्यसरी गुण्डागर्दी शैली मरणासन्न हुनेगरी कुट्नेहरुलाई नछाेडाैं'- उहाँले भन्नुभयाे ।
याे निर्णय तत्काल सच्चाएर न्यायलाई मर्न नदिन पनि प्रमुख सतेक परियारले गृहमन्त्री श्रेष्ठकाे ध्यानाकर्षण गराउनुभयाे । 'गृहमन्त्रीज्यू, याे गलत निर्णयलाई सच्चाउनुस्, न्यायलाई मर्न नदिनुस् ।'
