काठमाडाैं । प्रतिनिधि सभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको प्रश्नोत्तर कार्यक्रम असार ८ गते हुने भएकाे छ ।
मंगलबार बसेकाे प्रतिनिधि सभाको बैठकमा सभामुख देवराज घिमिरेले प्रश्नोत्तरको कार्यक्रम असार ८ गतेका लागि तय गरिएकाे जानकारी दिनुभयाे ।
प्रधानमन्त्री प्रचण्ड लागि प्रश्न सोध्न १७ वटा समूह विभाजन गरिएको उहाँले जानकारी दिनुभयाे । उक्त समूहमा १५ जना सांसद् सदस्य पनि सभामुख घिमिरेले जानकारी दिनुभयाे ।
प्रधानमन्त्रीलाई प्रश्न साेध्न चाहाने सांसद्ले आज साँझ ५ बजेसम्म प्रश्न लिखित रूपमा प्रतिनिधि सभाका सचिवसमक्ष पेस गर्न उहाँले निर्देशन दिनुभयाे ।
