काठमाडौं । प्रतिनिधि सभा बैठक आज पनि बस्दैछ ।
सघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा विनियोजन विधेयक, २०८० अन्तरगत मन्त्रालयगत शीर्षकमाथिको छलफल जारी रहनेछ ।
आजकाे बैठकमा विभिन्न ४ मन्त्रालयका बजेट शिर्षकमाथि छलफल हुने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । आज युवा तथा खेलकुद, शिक्षा, विज्ञान तथा प्रविधि, कानुन, न्याय तथा संसदीय मामिला र कृषि तथा पशुपन्छी विकास मन्त्रालयका लागि विनियोजित बजेट शीर्षकमाथि छलफल हुनेछ ।
४ मन्त्रालयका बजेट शिर्षकमाथि सांसद्हरु सूर्य प्रसाद ढकाल, प्रेम सुवाल, सुमना श्रेष्ठ, महेश कुमार बर्तौला, अमरेशकुमार सिंह, अच्युत प्रसाद मैनाली, ज्वाला कुमारी साह, प्रभु साहले खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची छ ।
