काठमाडाैं । नेपाल मजदूर किसान पार्टी (नेमकिपा) का सांसद् प्रेम सुवालले सरकारकाे ध्यान बाढी-पहिराे पीडितकाे उद्धार र राहतमा नभएर माेर्चा बनाउन केन्द्रित रहेकाे बताउनुभएकाे छ ।
बुधबार बसेकाे प्रतिनिधि सभा बैठकका विनियाेन विधेयक अन्तर्गत खर्च विभिन्न मन्त्रालयकाे खर्च कटाैतीकाे प्रस्ताव पेस गर्ने क्रममा सांसद् सुवालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेस र नेकपा एमालेलाई दबाबमा राख्न समाजवादी माेर्चा बनाएकाे बताउनुभयाे ।
'कानुनको शासनका लागि समाजवादी मोर्चा रे ! पूर्वी पहाडमा बाढी-पहिरोले वितण्डा मच्यायो, पीडित नेपालीलाई उद्धार, राहत र पुर्नस्थापना गर्नुपर्ने प्रधानमन्त्रीजी, कांग्रेस-एमालेलाई दबाबमा राख्न समाजवादी बनाउनमा केन्द्रित हुनुभयाे'- उहाँले भन्नुभयाे ।
समाजवादी माेर्चा सत्ता लम्बाउने खेल मात्र रहेकाे भन्दै सांसद् सुवालले समाजवादी माेर्चामा गएकाहरु प्रमाेशन वा विमाेशन के भए भन्ने प्रश्न गर्नुभयाे । 'समाजवादी माेर्चामा गएकाहरु प्रमाेशन वा विमाेशन के भयाे ? याे प्रश्न उठेकाे छ, केहीले यसलाई सुशासन प्रबर्द्धन हाेइन, कानुनी शासन हाेइन, आलाेपालाे नेतृत्व भने, गन्नमा गल्ती गरियाे ३ प्रतिशत मत सीमा पुगेकाे भएकाे माधवकुमार नेपाल प्रधानमन्त्री पक्का, प्रधानमन्त्रीकाे आयु लम्बाउने चाल हाे, अरुलाई भिडाउने आफूले फाइदन लिने, यस्ताे पनि आयाे'- उहाँले भन्नुभयाे ।
