काठमाडौं । आफूमाथि सांघातिक आक्रमण गर्ने नेविसंघका कार्यकर्ताको मुद्दा फिर्ता लिने सरकारकाे निर्णयविरुद्ध त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेमबहादुर चलाउने सर्वोच्च अदालतमा पुग्नुभएकाे छ ।
आफूमाथि सांघातिक आक्रमण गर्ने नेविसंघका विद्यार्थी विरुद्ध दिएकाे मुद्दा सरकारले फिर्ता लिएपछि उपप्राध्यापक चलाउनेले बुधबार सर्वाेच्च पुगेर रिट निवेदन दायर गर्नुभएकाे हाे । उक्त रिटकाे पेसी बिहीबारका लागि ताेकिएकाे छ ।
त्रिविकाे समाजशास्त्रका उपप्राध्यापक चलाउनेमाथि ०७७ असोज २० गते नेविसंघका कार्यकर्ताले सांघातिक आक्रमण गरेका थिए । त्रिवि नेविसंघ अध्यक्ष हरि आचार्यसहित ५ जनाविरुद्धको मुद्दा जिल्ला अदालत काठमाडौंमा विचाराधीन रहेकै बेला जेठ ३० गते बसेको मन्त्रिपरिषद् बैठकले चलाउनेमाथि आक्रमण गर्ने नेविसंघका कार्यकर्ताविरुद्धको मुद्दा फिर्ता लिने निर्णय गरेको थियो ।
सरकारकाे निर्णयकाे चाैतर्फी विराेध भएकाे छ ।
