काठमाडौं । प्रतिनिधि सभाकाे बैठक आज बस्दैछ ।
संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सांसद् साेधेका प्रश्नकाे जवाफ दिने कार्यसूी छ ।
प्रतिनिधि सभा नियमावली अनुसार प्रत्येक महिनाकाे पहिलाे र तेस्राे साताकाे बैठकमा प्रधानमन्त्रीसँग प्रश्नाेत्तर हुने गर्छ । प्रधानमन्त्रीलाई प्रश्न साेध्ने सांसद् स्पष्टिकरण लिन भने नपाउने व्यवस्था छ । प्रधानमन्त्रीलाई सोध्ने प्रश्न पहिला नै सांसद्ले टिपाउनु पर्ने प्रावधान छ ।
प्रतिनिधि सभाकाे आजकाे बैठकमा विनियोजन विधेयक २०८० को विभिन्न शीर्षकहरूमाथिको छलफल पनि जारी रहनेछ । आज ४ वटा मन्त्रालयसँग सम्बन्धित बजेटमाथि छलफल हुने संसद् सचिवालयले जनाएकाे छ ।
संस्कृति, पर्यटन, तथा नागरिक उड्डयन मन्त्रालय, गृह मन्त्रालय, रक्षा मन्त्रालयसहित प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालयले, राष्ट्रपति कार्यालय एवं उपराष्ट्रपतिको कार्यालयका बजेट शीर्षकमाथि छलफल आजको बैठकमा हुन लागेको हो ।
