काठमाडौं । नेकपा एमालेका सचेतक महेशकुमार बर्तौलाले वर्तमान सरकारको आयु लामाे नरहेकाे बताउनुभएकाे छ ।
नयाँ बानेश्वरस्थित संघीय संसद् भवन परिसरमा शुक्रबार सञ्चारकर्मीसँग कुरा गर्दै सचेतक बर्तौलाले वर्तमान सरकारको आयु केही दिनसम्म मात्रै रहेको बताउनुभयाे ।
गठबन्धन र सरकारकाे नेतृत्व गरिरहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समाजवादी माेर्चा बनाएपछि सरकारकाे दिनगन्ती सुरु भएकाे उहाँले बताउनुभयाे । अहिलेकाे सरकारले जनतालाई सेवासुविधा दिन नसकेकाे, देशलाई विकास, सुशासन र समृद्धिको बाटाेमा हिँडाउन नसकेकाे र जनताकाे पक्षमा बजेट ल्याउन नसकेकाे पनि सचेतक बर्ताैलाले बताउनुभयाे ।
मक्किएकाे सरकार एमालेले छुनासाथ ढल्ने तर एमालेकाे चाहाना याे सरकार ५ वर्ष टिकाेस् भन्ने रहेकाे उहाँले बताउनुभयाे । अब वर्तमान सरकारको विकल्प आवश्यक देखिएको भन्दै सचेतक बर्ताैलाले ठूला दलले समझदारी कायम गरेर अगाडि बढ्नुपर्ने बताउनुभयाे ।
