काठमाडाैं । नेकपा एमालेका सांसद् ठाकुर प्रसाद गैरेले बजेट संशाेधन गरेर मात्र पारित गर्न सरकारकाे ध्यानाकर्षण गराउनुभएकाे छ ।
साेमबार बसेकाे प्रतिनिधि सभा बैठककाे शून्य समयमा बाेल्दै सांसद् गैरेले बजेट असन्तुलन, अव्यवहारिक र जनपक्षीय नभएकाले संशोधन गरेर मात्र पास गर्न सरकारसँग माग गर्नुभयाे ।
बजेटलाई संशोधन गरेर जनपक्षीय, व्यवहारिक र सन्तुलित बनाएर पास गर्न एकताबद्ध भएर प्रस्तुत हुन जरूरी रहेकाे बताउनुभयाे । सांसद् गैरेले भन्नुभयाे - 'यस पटकको सदनबाट दलहरू कमजोरी स्वीकार्न गर्न तयार छन्, सरकार कमजोरी स्वीकार्न तयार छ भन्ने कुरालाई आत्मसाथ गर्दै यो बजेटलाई संशोधन गरेर जनपक्षीय, व्यवहारिक र सन्तुलित बनाएर पास गर्न यो सदन एकताबद्ध भएर प्रस्तुत हुन जरूरी छ, जसले देशलाई सकारात्मक सन्देश दिन्छ ।'
किसानले मल नपाएका भन्दै उहाँले यसबारे सरकारकाे ध्यानाकर्षण गराउनुभयाे । सांसद् गैरेले विपद्काे पूर्वतयारीलाई प्रभावकारी बनाउन पनि सरकारसँग माग गर्नुभयाे ।
