काठमाडाैं । नेकपा एमालेका सांसद् रघुजी पन्तले दलित अधिकारकाे विषयमा गम्भीर हुन सरकारकाे ध्यानाकर्षण गराउनुभएकाे छ ।
साेमबार बसेकाे प्रतिनिधि सभा बैठककाे आकस्मिक समयमा बाेल्दै २१ औं शताब्दीकाे बराबरीकाे युगमा प्रेम विवाह गरेकै कारण दलितहरु जेल जानु परेकाे बताउनुभयाे । यस्ता विषयमा ध्यान दिन उहाँले सरकारकाे ध्यानाकर्षण गराउनुभयाे ।
रुकुममा भएकाे नवराज विककाे हत्या भएकाे स्मरण गराउँदै उहाँले अहिले सप्तरीकाे गाउँमा त्यस्तै घटना भएकाे बताउनुभयाे । सप्तरीकी २१ वर्षीया बविता इश्वाले मनाेजरामसँग विवाह गरेकाे र कपिलवस्तुकाे अदालतमा पुगेर विवाह दर्ता गराएकाे जानकारी दिँदै सांसद् पन्तले तर केटीका बाबुले वडाध्यक्षलाई भनेर केटीकाे उमेर घटाएर जन्मदर्ताकाे नक्कली प्रमाणपत्र निकालेर, केटीकाे उमेर घटाएर केटालाई जेलमा राखेकाे बताउनुभयाे । नेपाल प्रहरीकाे कर्मचारी रहेकाे केटाकाे दाईलाई समेत त्यस मुद्दामा मुछ्ने काम भएकाे उहाँले बताउनुभयाे ।
साे मुद्दा अहिले सर्वाेच्च अदालत पुगेकाे सांसद् पन्तले बताउनुभयाे । वयस्क युवतीलाई नाबालिग बनाउने वडाध्यक्षलाई पनि कारबाही गर्न उहाँले सरकारसँग माग गर्नुभयाे ।
दलित केटाले उच्च जातकाे केटी ल्याउँदा पनि र दलित केटीले उच्च जातकाे केटासँग जाँदा पनि मारमा दलित परेकाे सांसद् पन्तलेे बताउनुभयाे । संविधानले दलितलाई समान अधिकारको व्यवस्था गरे पनि त्यो व्यवहारमा लागू हुन नसक्नु दु:खद भएकाे उहाँकाे भनाइ छ ।
एमाले, कांग्रेस, माओवादी लगायत ठूला दलहरु समाजमा चेतना फैल्याउन नसकेकाे सांसद् पन्तले बताउनुभयाे । 'एमाले, कांग्रेस, माओवादी लगायत ठूला दलले जनताकाे बीचमा सामाजिक चेतनाकाे काम गरेनाैँ र समाज रुपान्तरणकाे कुरा सरकार र प्रशासनमा मात्र भर पर्याे, यस्ता धेरै केस छन्, त्यसैले आज प्रश्न उठेकाे छ, दलितले समान अधिकारी कहिले पाउने ? त्रेतायुगमा रामहरुले र कलियुगमा हरामहरुले ठाेक्ने काम भएकाे छ' - उहाँले भन्नुभयाे ।
त्रेतायुगदेखि आजसम्मको युगसम्म दलितहरु पीडित र दमनमा परेकाे पर्यै भएकाे बताउनुभयाे । न्यायपूर्ण सामाजिक व्यवस्था अपनाएका छाैं, सबैलाई बराबरी अधिकार हाम्राे संविधानले दिएकाे छ भन्न नसुआएकाे बताउँदै सांसद् पन्तले भन्नुभयाे - ' यस्ता विषयमा सरकारकाे ध्यान जाओस्, याे प्रशासन र प्रहरीकाे बद्मासी हाे ।'
